जाजरकोटको प्रदेश ‘क’ मा एमालेका शाही विजयी

मंसिर २२, २०७४-

जाजरकोटमा प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १ सय ८५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरका छन् । शाहीले काँग्रेसका शाहलाई ४ हजार ८ सय २५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । मत गणना सुरु भएदेखि नै शाहीले अग्रता कायम गरेका थिए । शाही एमालेका जिल्ला अध्यक्ष पनि हुन् । प्रदेश ख मा २८ हजार मत खसेको थियो । जस मध्ये २ हजार मत बदर भएको सहायक निर्वाचन अधिकृत मेघनाथ चापागाईले बताउनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ को मत गणना भईरहेको अधिकृत चापागाईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *