स्याङजा निषेधित क्षेत्र घोषणा

मंसिर २२, २०७४-  जिल्ला प्रशासन कार्यालय स्याङजाले जिल्ला सदरमुकाम आसपास ३ किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले सदरमुकामबाट उत्तर तर्फ पुतलीबजार नगरपालिका–१४ नम्बर वाडको लामागे फाँट, दक्षित तर्फ पुतलीबजार–२ देवीस्थान, पुर्व तर्फ पुतलीबजार–३ बाँडखोला पेट्रोलपम्प र पश्चिम तर्फ पुतलीबजार–१ स्थित तीनधारे सम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

अर्को आदेश नआएसम्म निषेधित क्षेत्र जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रहरीले माइकिङद्धारा निषेधित क्षेत्र घोषणा गरेको थियो । शुक्रबार दिउँसो वाम गठबन्धनद्धारा भएको आन्दोलनमा ढुगाँमुडा प्रहार भएसंगै प्रहरीद्धारा लाठी चार्ज भएको थियो । क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा उम्मेदवार पदमा अर्यालमाथि भएको दुव्र्यवहार र क्षेत्र नम्बर २ मा नै कांग्रेसद्धारा भएको बुथ कव्जाको विषयलाई लिएर वाम गठबन्धनले आन्दोलन गरेको थियो । आन्दोलनमा क्षेत्र नम्बर दुईका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठ माथी पनि हातपात भएको जनाएको छ । क्षेत्र नम्बर दुई निर्वाचन अधिकृतको कार्यालयका अनुसार वाम गठबन्धनले आन्दोलन गरिरहेको बेला सिधै अधिकृतमाथि हातपात गरेका हुन् । प्रमुख जिल्ला अधिकारी महेश आचार्यका अनुसार जिल्ला सुरक्षा समितिले अर्को आदेश जारी नगरेसम्म निषेधित क्षेत्र घोषणा भइरहने छ । आफ्नो सुरक्षाको मात्र जिम्मेवारी भएकाले मतगणनाबारे जानकारी नभएको उहाँले बताउनुभयो । निषेधित क्षेत्र घोषणको बेला ५ जना भन्दा बढी समुहमा मानिस आवतजावत गर्न पाउने छैनन् । आफ्नो दैनिक कार्य भने गर्न पाउनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित तरिकारले मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार मतगण कहिले हुन्छ भन्ने एकिन भएको छैन । शनिवार छलफल पश्चात निस्किने निष्कर्षलाई ध्यानमा राखेर वातावरण शान्त भएपछि मतगणना थालिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *