प्रदेश ‘क’ मा माओवादीका भण्डारी विजयी

मंसिर २२, २०७४-  प्रदेश सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेश भण्डारी विजयी हुनुभएको छ । १२ हजार ५ सय ७४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५ सय ३४ मत प्राप्त गुर्नभएको छ । भने नेमकिपामा उम्मेदवार शिवलाल डाँगीले एक हजार २८ मत प्राप्त गुर्नभएको थियो ।

भण्डारी ४ हजार ३९ मत अन्तरले विजयी हुनुभएको हो । भण्डारी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि माओवादी केन्द्रबाट सभासद विजयी हुनुभएको थियो । माओवादी केन्द्रका पोलिटब्यरो सदस्य रहेका भण्डारी राष्ट्रिय बुद्धिजीवि संगठनका केन्दीय अध्यक्ष समेत रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *