प्रतिनिधि सभामा गजेन्द्रबहादुर महत विजयी

मंसिर २३, २०७४

– प्रतिनिधि सभा सदस्यमा बाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका गजेन्द्रबहादुर महत विजयी हुनुभएको छ । उहाँले २२ हजार एक सय ७३ मत ल्याइ विजयी हुनुभएको हो । महतका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाही रहनुभएको थियो । शाहीले १४ हजार एक सय ४९ मत ल्याउनुभएको थियो । महत ८ हजार २४  मत अन्तरले विजयी हुनुभएको हो । २०४५ सालदेखि नेमकिपाबाट राजनीति यात्रा सुरु गरेका चन्दननाथ ७, महतगाउँका ४९ वर्षीय गजेन्द्रबहादुर महतले २०५६ अन्यतिर माओवादी प्रवेश गरेरर भूमिगत जीवन व्यतित गर्नुभएको थियो । २०५९ मा जुम्ला कालिकोटको जनसरकार प्रमुख वन्नुभएको उहां शान्ति प्रक्रियामा आउनु अघि जनसत्ता संचालनको अभ्यासमा हुनुहुन्थ्यो ।  २०६२/०६३ को जनआन्दोलनसंगै शान्तिप्रक्रियामा आएर उहाँ नेकपा माओवादी केन्द्रीय सदस्यसंगै जुम्लाको इन्चार्जको भूमिका निर्वाह गरिसकेका सक्नुभएको छ ।  २०७० को संविधान सभाको चुनावमा उम्मेदवार भएर काग्रेसका ललितजंग शाही संग पराजित हुनुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *