राति ९ बजेसम्म कसले कति स्थानमा जित्यो (सूचीसहित)

प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमाले ५, माओवादी केन्द्र १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्।  यस्तै एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फ एमाले ५४ स्थानमा अगाडि छ। माओवादी २५ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १६ स्थानमा अगाडि छ। अन्य साना दल १४ स्थानमा अगाडि छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरु

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  5. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत

 

प्रदेशसभामा विजयी हुनेहरू

  1. हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
  2. जुम्ला-प्रदेशसभा ‘क’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
  3. म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
  4. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
  5. मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
  6. मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
  7. मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
  8. पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली
  9. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती
  10. पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
  11. हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
  12. रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *