मतमेटिका जाेगाउन चिसाेले सकस: तीन घेरामा सुरक्षाकर्मी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ।

तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो चुनौती बनेको छ।

जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट संकलन गरी मतपेटिका ल्याइएको छ।

ती मतपेटिका मतगणना नहुँदासम्म सुरक्षित राख्न सुरक्षाकर्मीसँगै वाम गठबन्धन र कांग्रेस प्रतिनिधि खटिएका छन्।

कठ्याङ्ग्रिँदो चिसोमा २४ सैं घन्टा मतपेटिकालाई पहरा दिनुपर्दा समस्या भएको वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार पदमबहादुर रोकायाले बताए । उनले भने, ‘मतगणना नहुँदासम्म पहरा दिँदा बिरामी भइने पो हो कि भन्ने चिन्ता थपिएको छ।’ यो खबर आजको नागरिकमा छ ।

तीन घेरामा सुरक्षाकर्मी 

सरकारले मतपेटिकाको सुरक्षाका लागि तीनवटा सुरक्षा घेरा बनाएको छ । जुम्ला सदरमुकाम खलंगामा संकलन गरिएको दुई सय ७० मतपेटिका रेखदेख गर्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जुम्लाका सम्पूर्ण राजनीतिक दल र जिल्ला सुरक्षा समितिको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका सिलबन्दी गरेर कोठामा राखेको सहायक निर्वाचन अधिकृत ईन्द्र खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *