थाईलैण्ड जाने खलाडीलाई विदाई

थाईलैण्डमा हुने अन्तरराष्ट्रिय कराँते प्रतियोगिताको लागि नेपालबाट जाने खेलाडी र रेफ्रीलाई विहीवार मोरङको बेलबारी स्थित नगरपालिकामा विदाई गरिएको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय रेफ्रीको रुपमा बेलबारीकी कुन्ति गुरुङ सहभागि हुने भएको छ । त्यसैगरी कराँते प्रतियोगिताका लागि बेलबारीकै विनय लिम्बू सहभागि हुने बेलबारी डोजाका सल्लाहकार हेमन्त सुवेदीले बताए । गुरुङ नेपाल कराँते संघको राष्ट्रिय प्रशिक्षक तथा रेफ्री हुन् । लामो समय देखि बेलबारीबाट कराँतेको क्षेत्रमा संघर्ष गर्दै आएकी गुरुङ यसअघि विभिन्न देशहरुमा नेपालको तर्फबाट रेफ्रिको भूमिका निर्वाह गरिसकेकी छिन् ।

आगामी साउन २ गते देखि हुन लागेको प्रतियोगितामा जाने रेफ्रि र खेलाडीलाई बेलबारी नगरपालिकाको कार्यलयमा विदाई कार्यक्रम राखी विदाई गरिएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उनीहरुलाई खादा ओढाएर अग्रिम शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । खेलाडी राष्ट्रकै गौरव भएको हुँदा खेलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका थिए । कार्यक्रममा नगरका वडाध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *