विप्लप नेतृत्वको नेकपा माओवादीका नेता इटहरीमा पक्राउ

इटहरी । विप्लप नेतृत्वको नेकपा माओवादी समुहका एक नेतालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ । एक नंम्बर प्रदेश प्रहरी कार्यालयको बिशेष टोली र इटहरी प्रहरीको संयुक्त टोलीले इटहरी २० बाट प्रदेश स्तरिय नेता सन्तोष बिष्टलाई मगंलवार पक्राउ गरेको हो ।
बिष्टलाई बम काण्ड देखि बिभिन्न काण्ड लागेको छ । उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनको बिषयमा थप अनुसन्धान भइरहेको बताइएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *