गुफामा थुनिएका १३ जनाकाे उद्धारपछि खुशियाली

थाइल्याण्ड । थाइल्याण्डमा १८ दिनदेखि एक गुफामा थुनिएका १२ जना अन्डर १६ का फुटबल खेलाडी र १ जना प्रशिक्षक सहित १३ जना को मङ्गलबार सकुसल उद्धार गरिए छ । विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनामा १३ जानाकाे सकुसल उद्धार गर्न सफल भएकाे भन्दै थाइल्याण्ड लगायत विश्वका सञ्चारमाध्यमहरुकाे प्रमुख समाचारकाे बनेकाे छ । उद्धार गर्न खटेकाे थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा अाफुहरू सफल भएकाे भन्दै खुसी साटेका छन् ।

गुफामा अधिक पानीका कारण उनिहरूकाे उद्धार समस्या अाएकाेले उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु गरिएकाे थियाे । अाइतबार चारजना साेमबार चारजना र मंगलबार पाँचजना गरी उनिहरूलार्इ तिन दिन लगाएर निकालिएकाे हाे । थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ ।

गुफाबाट उद्धार गरिएका सबैलाई लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको थियाे । थाइल्याण्डका प्रधानमन्त्री, उनिहरूका परिवार र अाफन्तहरू उनीहरुलाई हेर्न अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *