फरार अभियुक्त १९ वर्षमा पक्राउ

कञ्चनपुरकी एक महिलाको हत्या गरि फरार भएका अभियुक्त १९ वर्षमा पक्राउ परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–७ झजपुरका नारायण दत्त पाण्डे पक्राउ परेका हुन् । पाण्डेले बेलौरी नगरपालिका–६ श्रीपुरकी १८ वर्षीय सन्जु रानाको हत्या गरेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त पाण्डेलाई मंगलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर सेठीले पाण्डेले २०५६ असार ५ गतेका दिन महिलाको हत्या गरि फरार भएका थिए ।

फरार भएका अभियुक्त पाण्डे भारतमा बसेका थिए, उनलाई घर आएको मौकामा प्रहरीले पक्राउ कारबाही प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *