शरीरबाट अलग गरिएको टाउकोमा रक्तप्रवाह सञ्चालन गरेर दिमागलाई जीवित राख्न वैज्ञानिकहरु सफल

यल युनिभर्सिटीका वैज्ञानिकहरुले शरीरबाट अलग गरिएको सुंगुरको टाउकोमा रक्तप्रवाह सञ्चालन गरेर दिमागलाई कैयौँ घण्टासम्म जीवित राख्न सफल भएका छन्।

पम्प, हिटर र कृत्रिम रगतको प्रयोग गरेर काटिएको सुँगुरको टाउकोलाई पुनर्जीवित तुल्याइएको हो। यही प्रक्रियाद्वारा ३६ घण्टासम्म दिमागका कोषिकाहरुलाई जीवित राख्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

 

चिकित्सकीय अनुसन्धानका लागि मानिसको दिमागलाई सुरक्षित राख्ने लक्ष्यका साथ वैज्ञानिकहरुले यो अध्ययन गरेका हुन्।

दिमाग जीवित रहेपनि सुँगुर सचेत रहेको चाहिँ कुनै प्रमाण नभेटिएको बताइएको छ।

यल युनिभर्सिटीका प्राध्यापक नेनाद सेस्टानले यो प्रयोग गरेका थिए। उनको टोलीले एक सयओटाभन्दा बढी सुँगुरको टाउकोमा यसको प्रयोग गरेको बताएका छन्।

 

यदि यो प्रक्रिया मानिसमा दोहो¥याउन सकिएमा स्नायुसम्बन्धी अनेकौँ रोगको प्रयोग गर्न सकिनेछ।

 

यो विषयले नैतिक विवाद पनि उत्पन्न गरेको छ। यदि यो प्रक्रियामा काटिएको टाउको सचेत हुन्छ वा शरीर निकम्मा भइसकेको अवस्थामा दिमागलाई जीवित राखिनु हुन्छ वा हुँदैन भन्ने विषयमा बहस भएका छन्। एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *