अष्ट्रेलिया महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर

– विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्टे«लिया

– अष्ट्रेलिया महादेशले पृथ्वीको कूल स्थल भागको कति प्रतिशत भू–भाग ओगटेको छ ? – करिब ५.१५ प्रतिशत

– अष्ट्रेलिया महादेशको पूर्व–पश्चिम सरदर लम्बाइ कति छ ? – ३९०० किलोमिटर

– अष्ट्रेलिया महादेशको उत्तर–दक्षिण सरदर चौडाइ कति छ ? – ३१५० किलोमिटर

– अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? – ग्रेट भिक्टोरिया

– अष्ट्रेलियाको दक्षिणी पूर्वमा अवस्थित देश न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ? –दक्षिणको ब्रिटेन

– ‘विचित्रताको महादेश’ भनी कुन महादेशलाई चिनिन्छ ? – अस्टे«लिया

– अष्ट्रेलियाको दक्षिण भाग (सन् १६४२)मा कसले पत्ता लगाएका हुन् ? – एबेल तस्मान

– भौगोलिक दृष्टिले अष्ट्रेलियामा कति राष्ट्र रहेका छन् ? – १४ राष्ट्र

– अष्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन हो ? – आइरा ताल

– अष्ट्रेलिया महादेशको अक्षांशीय फैलावट कति रहको छ ? – १०° दक्षिणी अक्षांशदेखि ४०° दक्षिणी अक्षांससम्म

– अष्ट्रेलिया महादेशको देशान्तरीय फैलावट कति रहको छ ? – ११४° पूर्व देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म

– अष्ट्रेलिया महादेशको पूर्वमा कोरल र टामसन समुद्र पश्चिममा हिन्द महासागर,उत्तरमा पपुवा न्युगिनी पर्छ भने दक्षिणमा के पर्छ ? – न्यूजिल्यान्ड

– अष्ट्रेलियामा पाइने घाँसे मैदानलाई के भनिन्छ ? – डाउन्स (Downs)

– अष्ट्रेलिया महादेशको खोजि गर्ने र पत्ता लगाउने व्यक्ति को हुन ? – जेम्स कुक

– ‘टापु महादेश (Island Continent)’ तथा ‘कंगारुको महादेश’ भनी चिनिने महादेश कुन हो ? – अस्टे«लिया

– अस्ट्रेलिया महादेशको सबभन्दा ठूलो नदी कुन हो ? – मरे डार्लिङ (३,७५० कि.मि.)

– अस्ट्रेलिया महादेशका प्रमुख नदीहरू कुन कुन हुन् ? – मरे डार्लिङ, फिटजराय,भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुर्चिसन आदि

– अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कुन हो ? – माउन्ट कोस्कियुस्को

– अस्ट्रेलिया महादेशको सबैभन्दा होचो भू–भाग कुन हो ? – आइरा ताल

– प्रशस्त मात्रामा पाताल कुवाहरू भएको महादेश कुन हो ? – अस्टे«लिया

– विश्वमा सर्वाधिक मात्रामा ऊन उत्पादन कहाँ गरिन्छ ? – अस्टे«लिया

– विश्वमा सर्वाधिक मात्रामा भेडापालन कहाँ गरिन्छ ? – अस्टे«लिया

– अष्ट्रेलियाको महादेशको सबैभन्दा लामो मुगा पर्वत श्रृंखला कुन हो ? – ग्रेट व्यारियर रिफ

– अष्ट्रेलिया  महादेशका प्रमूख सहरहरू कुन कुन हुन् ? – सिडनी, मेलबोर्न, पर्थ, होबार्ट,ब्रिसवेन आदि

– अष्ट्रेलियाका आदिवासीलाई के भनिन्छ ? – एवोरोजिनिज

– अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो ? – नाउरु

– कुन महादेशको आधा आधि भाग मरुभूमी छ ? – अष्टे«लिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *