नेपालको वर्तमान संविधानका मूख्य मूख्य विशेषताहरू उल्लेख गर्नुहोस् ।

उत्तर :

नेपालको वर्तमान संविधानका विशेषताहरू देहाय बमोजिम छन् :–

>> संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ।

>> मौलिक हक र नागरिक अधिकारका सम्बन्धमा फराकिलो व्यवस्था ।

>> नागरिकका कर्तव्य समेत उल्लेख गरिएको ।

>> राज्यका निर्देशक सिद्धान्त र नीति तथा दायित्वहरूको प्रावधान ।

>> संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना र राज्यशक्तिको बाँडफाँड ।

>> ७ प्रदेशको संघीय सरंचना, प्रदेशको सीमाकंन संघीय आयोगले टुंग्याउने व्यवस्था ।

>> सुधारिएको संसदीय शासन प्रणाली, प्रधानमन्त्री प्रमुख कार्यकारी ।

>> प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरी ।

>> केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् । संसद् सदस्य नरहेको व्यक्ति मन्त्री बन्न नपाउने व्यवस्था ।

>> मिश्रित निर्वाचन प्रणाली : प्रतिनिधिसभा र राष्ट्रियसभा रहने संघीय संसद् प्रदेशसभा एक सदनात्मक ।

>> संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र प्रष्टरूपमा विभाजन गरिएको ।

>> प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबनेसम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।

>> स्वतन्त्र न्यायपालिका, केन्द्रमा सर्वोच्च अदालत र संवैधानिक इजलास रहने, प्रदेशहरूमा उच्च अदालतको व्यवस्था ।

>> नेपाल धर्मनिरपेक्ष राज्य रहने ।

>> मधेसी, थारू, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग सहित संवैधानिक निकायहरूको व्यवस्था ।

>> संसदको २/३ बहुमतबाट संविधान संशोधन हुने व्यवस्था,आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *