अफ्रिका सम्बन्धि महत्वपूर्ण जानकारी

बिषयगत जानकारी

– विश्व भू–क्षेत्रफलको २०.२५ प्रतिशत ओगटेको विश्वको दोस्रो ठूलो महादेश अफ्रिकालाई भू–मध्यरेखाले लगभग बीच भागबाट काटेर गएको छ ।

– यो महादेश ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांशसम्म र २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ ।

– उत्तर दक्षिण लम्वाइ सरदर ८००० कि.मि. र पूर्व पश्चिम चौडाइ ७४४० कि.मि. रहेको छ ।

– धेरै जनसंख्या भएको देश– नाइजेरिया (अफ्रिका) (सन् २०१३मा १८ करोडभन्दा बढी)

– सबैभन्दा ठूलो ताल – भिक्टोरिया  (६८,८०० वर्ग कि.मि.)

– प्रमुख नदीहरू– नाइल, नाइजर, कङ्गो, जेम्वे जी

– मरूभूमी –  सहारा (अफ्रिकाको सबैभन्दा ठूलो), कालाहारी

– खनिज पदार्थ– सुन, हिरा, तामा, खनिज तेल आदि

– अफ्रिकाको घासे मैदानलाई भेल्ड भनिन्छ ।

– पूर्वमा हिन्द महासागर र लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भू–मध्यसागर र दक्षिणमा कुमेरू महासागर रहेका छन् ।

– यस महादेशमा ५४ स्वतन्त्र देशहरू रहेका छन् जसमध्ये १६ वटा भूपरिबेष्ठित राष्ट्र छन् ।

–  यहाँ विश्वको १५ प्रतिशत जनसंख्याको बसोबास रहेको छ ।

– महादेशको सबैभन्दा उच्च स्थान किलिमन्जरो पर्वत तान्जानियामा रहेको छ । यसको उच्च भाग–माउण्ट कोवो ५८९५ मिटर, होचो भाग– जिवुटीमा पर्ने लेक असाल  (समुद्री सतहबाट ५१० फिट गहिरो)

अफ्रिका महादेश सम्बन्धी महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर

– अफ्रिका महादेशले विश्व भू–क्षेत्रको कति प्रतिशत भाग ओगटेको छ ? – २०.२५ प्रतिशत

– विश्वमा सबैभन्दा बढी देशहरू भएको महादेश कुन हो ? – अफ्रिका

– अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? – किलिमन्जरो (५,८९५ मिटर)

– अफ्रिका महादेशको सबैभन्दा सानो देशको नाम के हो ? – सेशेल्स ( Seychelles)

–  क्षेत्रफलका हिसाबले विश्वको दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका

–  अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? – ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांसम्म

– अफ्रिका महादेश कति देशान्तरमा फैलिएको छ ? – २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वीदेशान्तरसम्म

– अफ्रिका महादेशको उत्तर–दक्षिण लम्बाइ कति छ ? – ८००० किलोमिटर

– अफ्रिका महादेशको पूव–पश्चिम चौडाइ कति छ ? – ७४४० किलोमिटर

– अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भू–मध्यसागर पर्दछन भने दक्षिणमा कुन महासागर पर्छ ? – कुमेरु महासागर

– नाइल नदीको बरदान भनिने इजिप्ट देश कुन महादेशमा पर्छ ? – अफ्रिका

– शुतुरमुर्ग  अष्ट्रिच)को लागि प्रचलित महादेश कुन हो ? – अफ्रिका

– अध्यारो र कालो महादेश भनेर चिनिने महादेश कुन हो ? – अफ्रिका

– विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि कुन महादेशमा पर्छ ? – अफ्रिका महादेश

– कुन महादेशलार्ई भू–मध्यरेखालेबीच भागमा काटेको छ ? – अफ्रिका

– अफ्रिका महादेशमा पर्नेे विश्वको सबैभन्दा लामो नदी कुन हो ? – नाइल (६६५० कि.मि.), इजिप्ट

– हालै वनेको नयाँ राष्ट्र« दक्षिणी सुडान कुन महादेशमा पर्दछ ? – अफ्रिका

– अफ्रिका महादेशमा सवैभन्दा बढी संख्यामा गोराजाति भएको देश कुन हो ? – दक्षिण अफ्रिका

– अफ्रिका महादेशलाई किन अँध्यारो महादेश भनी चिनिन्छ ? – काला जातिको बाहुल्यता र विकासमा पछाडी भएकाले

– अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ? – भिक्टोरिया ताल

– अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ? – एटलास पर्वत

– अफ्रिका महादेशमा पाइने उष्ण सदावहार जंगललाई के भनिन्छ ? – Rain forest

– अफ्रिका महादेशका प्रमुख सहरहरू कुन कुन हुन् ? – कायरो-इजिप्ट, प्रिटोरिया, केपटाउन–दक्षिण अफ्रिका, ट्रिपोली–लिबिया, खार्तुम–सुडान आदि

– विश्वको सबभन्दा ठूलो हिरा खानी कुन हो ? – किम्बरखान – अफ्रिका

– क्षेत्रफलको हिसावले अफ्रिका महादेशमा पर्ने ठूला र साना देश कुन हुन् ? – क्रमश : अल्जेरिया र सेसेल्स

– नयाँ विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? – Afro-Eurasia (अफ्रिका, एशिया र यूरोप)

– अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ? – भेल्ड

– सबै युगको प्राचीनतम् एवम् नवीनतम् संस्कृतिहरू पाइने एकमात्र महादेश कुन हो ? – अफ्रिका

– अफ्रिका महोशका प्रमुख नदीहरू कुन कुन हुन् ? – नाइल, कंगो, नाइजर, जाम्वेजी आदि

– अफ्रिका महादेशलाई भौगोलिक आधारमा अर्को के नामले पनि चिनिन्छ ? – उच्च समस्थलीको महादेश

– अफ्रिका महादेशको सवैभन्दा होचो भू–भाग कुन हो ? – लेक असाल

– विश्वमा सवैभन्दा बढी भाषिक बिबिधता भएको महादेश कुन हो ? – अफ्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *