२५ वर्षे ठिटो कसरि बने मन्त्री ? को हुन् ति भाग्यमानी पढ्नुहोस्

असार,२०/ मलेसियाको इतिहासका सबैभन्दा पाका ९२ वर्षे प्रधानमन्त्री महाथीर बिन मोहम्मदले २५ वर्षे ठिटोलाई मन्त्री बनाएका छन् ।

सोमबार मन्त्रिपरिषद् बिस्तारका क्रममा महाथीरले सैयद सिद्दिकलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । उनी महाथीरको १३ मन्त्री र २३ राज्मन्त्रीमध्ये सबैभन्दा कान्छा मन्त्री हुन् ।

 

उनका पूववर्ती खाइरी जमालुद्दिन देशका सबैभन्दा कान्छा मन्त्री थिए । उनी सन् २०१३ मा ३८ वर्षको उमेरमा मन्त्री भएका थिए ।

सैयदले अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । उनले हालै अक्सफोर्ड युनिभर्सिटीको पब्लिक पोलिसीमा स्नातकोत्तर अध्ययनको प्रस्ताव अस्विकार गरेका छन् ।

 

उनले विद्यार्थीकालमा एसियन ब्रिटिश संसदीय वादविवाद प्रतिस्पर्धामा तीन पटकसम्म एसियाकै सर्वोत्कृष्ट वक्ताको उपाधि जितेका थिए ।

सन् १९९२ मा मलेसियाको जोहोरमा जन्मिएका सैयद महाथीरको पार्टी बर्सातु मलेसियाको युवा दस्ता प्रमुख पनि हुन् ।

 

सिद्दिकी सन् २०१६ देखि मलेसियाको राजनीतिमा चर्चित भएका हुन् । १४ औं आम चुनावमा सिद्दिकी मुअरबाट ६ हजार ९ सय मत ल्याएर विजयी भएपछि उनको मलेसियाको राजनीतिमा उदय भयो । सहयोगीसँग मिलेर उनले मलेसिया डेभलपमेन्ट बरहाड प्रकारणमा पूर्व प्रधानमन्त्री नजिव राजकको विरोध गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *