पुलिसको सानदार जित

विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सादार जित निकालेको छ । त्रिवि मैदानमा वर्षाले प्रभावित खेलमा पुलिसले प्रदेश ७ माथि १ सय ७४ रनको सानदरा जित निकाल्यो । अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले हरायो ।

धमलाको ८३ रन
पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रन बनाएको थियो । प्रदेश ७ ले लक्ष्य पछ्याउँदा पानी प-यो । त्यसपछि प्रदेश ७ ले नयाँ लक्ष्यका रूपमा ३७ ओभरमा ३ सय ५ रन बनाउनुपर्ने भयो । प्रदेश ७ ले १ सय ३१ रन जोड्दा पुलिसले सानदार जित निकाल्यो ।

पुलिसका लागि सुनील धमलाले ८३ रन बनाए । उनले १ सय १३ बलमा ९ चौका प्रहार गरे । खेलमा उनी म्यान अफ द म्याच घोषित भए । आरिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । शेखले ३७ बलमा ५ छक्का र २ चौका प्रहार गरे । मञ्जित श्रेष्ठ ४९ रनमा आउट भए । श्रेष्ठले ३३ बलमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

अरुणको प्रयास
लक्ष्य पछ्याएको प्रदेश ७ का लागि अरुण ऐरीले ७० रनको योगदान दिए । उनीबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ तथा ललित भण्डारीले २ विकेट लिए । यसअघि आइतबार प्रदेश ७ ले कर्णाली प्रदेशलाई पराजित गरेको थियो । बलिङमा प्रदेश ७ का शेर मल्लले २ विकेट लिए ।

प्रदेश १ को जित
मूलपानी मैदानमा प्रदेश १ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । लक्ष्य पछ्याउँदा वर्षा भयो । प्रदेश २ ले नयाँ लक्ष्य पायो । प्रदेश २ ले ३४ ओभरमा २ सय १४ रन बनाउनुपर्ने भयो । ३० ओभरमा १ सय ४५ रन बनाउँदा प्रदेश २ अलराउट भयो । प्रदेश २ का सन्दीप ढुंगानाले ५१ रन बनाए । फिर्दोस अन्सारी र श्रवन यादवले क्रमशः अविजित ३७ र ३४ रन जोडे ।

दोस्रो ब्याटिङ चलिरहँदा १७ ओभरमा ६ विकेट गुमाएर ६७ रनको अवस्थामा वर्षाले खेल स्थगित भयो । प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *