कैद मिनाह पाएका बालकृष्ण ढुंगेल रिहा

बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । सर्वोच्चको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल १४ कात्तिक ०७४ देखि जेल चलान भएका थिए । ढुंगेलले सोही मुद्दामा यसअघि सात वर्ष जेल सजाय बिताइसकेका छन् ।उनी मंगलबार जेलमुक्त भएका हुन् ।

ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए ।शुभचिन्तक र आफन्तले खादा लगाएर उनकाे स्वागत गरेका छन् । उनको स्वागतको लागि देवी खड्का लगायत तत्कालीन माओवादी नेताहरु कारागार पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *