ट्रम्पको नाङ्गो मूर्ती २८ हजार डलर मा बिक्री

एजेन्सी । डोनालड ट्रम्पको नाङ्गो मूर्ती २८ हजार डलर अर्थात् झन्डै ३० लाख रुपैयाँमा बिकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाङ्गो मूर्तीका बारेमा सम्झना छ ? सन् २०१६ को राष्ट्रपति चुनावमा बेला तत्कालीन उम्मेदवार ट्रम्पको निर्वस्त्र मूर्ती बनाएका थिए एक जना कलाकारले । उक्त मूर्तीको हालै लिलामी भएको छ । उक्त मूर्ती तत्कालीन समयमा न्युयोर्कको एउटा चर्चित पार्क लगायतका विभिन्न ४ ठाउँमा राखिएको थियो । त्यस समय मानिसहरूले उक्त मूर्तीबाट निकै मज्जा लिएका थिए र धेरैले मूर्तीसँग सेल्फी पनि खिच्न भ्याएका थिए । ती चार मध्ये तिनवटा मूर्ती त तोडफोड भैसकेको छ र बचेको एउटा मूर्तीको हालै लिलामी भएको हो ।

लस एन्जल्सको ४६०० ब्लकस्थित हलिउड बुलेवार्डमा कडा सुरक्षाबिच उक्त मूर्ती राखिएको थियो । जुलियस अक्सन्सले बुधवार घोषणा गरे अनुसार लस एन्जल्सको एक लिलामीमा उक्त मूर्ती बिकेको हो ।

उक्त मूर्तीमा ट्रम्पको भुँडी निकै ठुलो देखिन्छ । उक्त मूर्ती ज्याक बेगेन्सले खरिद गरेका हुन् ।

उक्त मूर्ती जिन्जर नामक कलाकारले बनाएका हुन् ।

सन् २०१६ मा उनले वासिङ्टन पोस्टलाई बताए अनुसार उक्त मूर्ती माटो र सिलिकनबाट बनेको छ । साथै यसको तौल ८० पाउन्ड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *