नेपाल आईडलका निशान भट्टराईले निकाले नयाँ गीत ‘भुन्टी, एलिशा राईसँगै निशानको पनि दमदार अभिनय

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनरअप निशान भट्टराईले भुन्टी नामक नया गित तथा म्युुजिक भिडियो सार्बजनिक गरेका छन । यस गितमा निशान आफै भुन्टेको रुपमा देखा परेका छन भने उनलाई भुन्टिको रुपमा चर्चित नायिका तथा मोडल एलिशा राईले साथ दिएकि छिन । बिशुद्द लोकपप शैलि तथा मिस्टर आरजे को उत्कृष्ट संगित तथा निशानको जादुमयी स्वर तथा नृत्यले उत्कृष्ट बनाउन मदत गरेको भिडियो तथा गितमा देख्न सकिन्छ ।

यस भिडियोको गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले लेखेका हुन भने संगीत पनि उनी स्वयंले भरेका छन । भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन । रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेको कुरा निशान भट्टराईका ईभेन्ट म्यानेजर अभिनव शर्माले जानकारि दिएका छन । पूरा भिडियो हेर्न तलको युटुब लिंकमा जानुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *