धेरै जसो २०० देखि ५०० सम्म दिन्थे, यसरी म बेश्या बनेँ .

सुष्मा /डिल्लीबजार जानु पर्ने भएकाले म बागबजारको बाटो हिँड्दै थिएं । पिके क्याम्पसको गेटनेर पुग्नै लाग्दा कोहि मेरो अगाडी आएर भन्यो-‘ के छ उषा ‘?
कहिं देखे देखे जस्तो लाग्ने अनुहार र सुनेकै आवाज हो भन्ने लाग्दा लाग्दै पनि ठम्याउन गाह्रो पर्दै थियो । आफ्नो नामै लिएर बोलाउने मान्छेलाई ‘को तपाई’ ? भनेर सोध्न पनि अप्ठ्यारो लाग्दै थियो ।
‘म सपना । चिनीनौ के हो ?’ उसले हाँस्दै भनि ।

एकछिन त म हेरेको हेरेई भएं । उसको शिर देखि पाउ सम्म हेर्दै भनें- ‘कस्तो भएको तिमी चिन्नै नसकिने ।’
ए फेरी हाँस्दै बोली -‘नराम्री भएको छु अरु सबै उस्तै हो ।’
त्यहि हाँसो हो उसको तर खै आज मलाई उसको अनुहारमा पटक्कै नसुहाए झैं लाग्यो । ‘कहाँ बस्छौ सपना ?’
‘यहिं नजीकै एउटा नामको मात्र कोठा छ, तिमीलाई फुर्सद छ भने चिया बनाएर खुवाउँछु’ ।
‘हुन्छ हिँड’ । मलाई उसको कोठामा जान मन लाग्यो ।

उ भेटीनुमा म खुशी थिएँ या दुखी आफैं अलमलमा थिएं । म उसको पछि पछि लाग्दै थिएं । तर मलाई कोहि अन्जान ब्यक्ती लाग्दै थिई सपना । अर्को दिन भेटौंला भन्न सक्थें त्यो पनि भनिन । बाटोमा उ म संग गफ्फीरहि । मैले आधा आधी मात्र सुनें होला ।
‘तिमी अझैं पनि उस्तै रहेछौ है उषा’ ? उ फेरी हाँसी ।
उस्तै भन्नाले ?
अरुकै कुरा मात्र सुन्ने, आफु नबोल्ने ।
उसका गडेका आँखा हेर्दै मुस्कुराएं म ।
उसले प्रशंसा गरि -तिम्रो हाँसो खुब राम्रो छ ।

बागबजारको गल्ली भित्रको पुरानो घरमा छिर्दै बोली सपना, ‘मेरो जिन्दगी र यो घर उस्तै छ सबैतिर अँध्यारो’ । भुईंतलामा रहेको कोठाको ढोका खोल्दै फेरी थपी उसले -धन्न लाईन भएको बेलामा परेउ तिमी, उसले कोठाको बत्ती बाली ।
एउटा सानो खाट, भुईंमै राखिएको ग्याँस चुलो, कोठाको आधा भाग मात्र ढाकेको प्लास्टीक कार्पेट, जुन ठाउँ ठाउँमा च्यात्तीएको थियो । अस्तब्यस्त लुगाहरु छेउको सानो टेवलमाथी थुपारिएको, सपनाको कोठा, सपनाको अनुहार जस्तै बिरक्त लाग्दो थियो ।

म खाटमा बसें, सपना चिया बनाउँदै सोधि,’पढ्दै छौ होला है तिमी ‘?
अँ । मैले छोटो उत्तर दिएँ ।
‘के गर्नु मैले पनि पढेको भए केहि हुन्थ्यो की’ ।
सपनाले यस अघि कहिल्यैं पढाईको कुरा गर्दैनथी, जसरी पनि पैसा कमाउने हो, पढेर समय के खेर फ्याक्नु भन्ने सपना आज नपढेको प्रसंग जिन्दगी संग जोड्दैछे ।
उसले चियाको कप मलाई दिंदै भनि –बोलन के भएको तिमी संधै उस्तै लाटी’ ।
५ बर्ष पहिले राखिएको मेरो लाटी नाम आज फेरी उसले सम्बोधन गर्दा नजानिदो खुशी लाग्यो मलाई ।
यो लाटी सम्बोधनले कसैको याद आयो, झट्ट सोधें, -अनिल खै त ?
‘तिमी त्यसको कुरै नगर, सब त्यसकै कारणले यस्तो भयो । सालेले मेरो जिन्दगी बबार्त बनायो’ । उ रिसाएझै गरी ।
उ बिदेशबाट आएको छैन ?

‘खै कता मर्यो, तिमीलाई मेरो जिन्दगीको रामकहानी थाहै छैन उषा । देखेनौ मेरो अवस्था, मेरो हालत, यो कोठाको गती ? उसको आँखाभरि आँशु भयो ।
म के भनौं भनौं को स्थीतीमा अल्मलीएं फेरी, उसले जीन्दगीको आधा आधी बिरत्तता कोठामा छिर्नु अघिनै सुनाईसकेकी थिई, अस्पस्ट भाषामा ।

एक छिन कोठाको वातावरण मौन भयो, मेरो स्वभाव अरुझैं के भयो भन न प्लीज भन्ने खालको छैन, यस्ता कुराले म भित्र आफ्नै प्रस्न र उत्तर हुन्छन् । त्यो सपनालाई थाहा छ । एक छिन पछि उ आँफैं बोली-
मैले तिमीलाई साह्रै सम्झेको थिएं, एक मन त सोचेको थिएं, तिमी भेट हुन्नौ होला । संजोकले आज तिमी भेटीयौ, तर अचम्म तिमीले मलाई चिनिनौ । मलाई यो शहरमा कसैले नचिने हुन्थ्यो जस्तो लाग्छ, आज तिमीलाई देखें बोल्न मन लाग्यो ।
सपना मलाई हेर्दै भन्दै थिई यी कुरा । दुखका नमिठा कुरा उसले यति मिठा शब्द प्रयोग गरेर बोली । सधैं हाँस्नु पर्ने, ठट्टा गर्नुपर्ने, राम्री हुनुपर्ने, जीस्कीरहनु पर्ने सपना आज अर्कै भईछ ।

तिम्रो र मेरो अन्तीम पटक भेट हुँदा म डान्सबारमा काम गर्थें है ? उसले सोधी ।
अँ, अहिले पनि काम गर्दैछौ त्यहाँ ?
जमानामै छोडेको, अनिलले पैसा नपठाएर मैले त्यो काम गरेको थिएं । तिमीलाई भेटेको २ महिना पछि अनिल दुबईबाट फिर्ता आयो, काम गर्न गाह्रो भयो भन्दै । मेरो ईज्जतको ख्याल नगरी तैले डान्स बारमा काम गर्न थालिस भन्दै झगडा गर्न थाल्यो आउन साथ । उसले सोचेन काठमाडौको ठाउँमा कोठा भाडा तिर्न र खानको लागि कति मुस्कील भयो होला र यो काम गरी होली बिचरा भनेर । कमाउन गएको लोग्ने बिदेशबाट रित्तो हात फर्केको थियो ।
छोड्दे यो काम म जसरी पनि पाल्छु भन्न थाल्यो । कोठा कसरी चल्छ अनिल अब भनेर सोध्यो भने तंलाई बेश्या हुन मन लागेको भन्दै उल्टो उल्टो कुरा गर्न सुरु गथ्र्यो । राति राती रक्सी खाएर आउँथ्यो उ, चिनेका मान्छे संग २००– ५०० जति पाउँछ, त्यती सापट माग्दै हिड्न थाल्यो । जति बेला झगडा, बोल्दा बोल्दै उ पिट्न आईपुग्थ्यो । मैले सोचें केटा मान्छेको आफ्नै ईज्जत हुन्छ, मैले डान्सबारमा काम गर्दा उसलाई अरुले हेपेर बोलेर पो उसले यस्तो गरेको हो की । यहि सोचेर मैले काम छोडें ।

केही कुरा गर्न खोज्योकी उ निउँ खोज्न थाल्थ्यो- हेपेको तिमीले मलाई कमाउन सकेन भनेर ?
यसरी नै ३ महिना बित्यो, मैले सर सापट गरेर कोठा चलाएं । एक दिन अनिलले भन्यो सपना म अर्को कन्ट्री एप्लाई गर्छु पैसा खोज ।
कहाँ खोज्नु मैले रु तिमीलाई दुबई पढाउँदा दाई भाउजु संग रोएर मागेको मैले । ज्वाईले बिदेशबाट पठाउना साथ तिर्छु भनेर । अब अन्त कसले दिन्छ मलाई ?
तिमी त दुनियाँ लाई चिन्छौ नि । मागन सबै संग अलि अलि , म तिर्दीन्छु यार । उ फेरी झोक्कीयो ।
के गर्नु उ नेपाल बसे यहि हो ताल । यहि सोचेर मैले चिनेजति सबै संग पैसा मागें ब्याज तिर्ने सर्तमा । १ लाख २५ हजार जम्मा भयो । उ मलेशिया जाने भयो फेरी । धेरै कुर्नु परेन एप्लाई गरेको २ महिनामानै भिसा लाग्यो । मलेशिया पुगेर फोन गर्यो म पुगें भनेर ।

उ गएको १५ दिन पछि थाहा भयो म प्रेग्नेन्ट (गर्भवती) रहेछु । कैले अनिलले फोन गर्ला र यो कुरा सुनाउँला भनेर खुब हतारो लागेको थियो । उसले फोन गरेन । मैले अनिललाई त्यही नम्वरमा फोन गरें, जुन नम्वरबाट उसले मलेशिया पुगेर मलाई फोन गरेको थियो ।

एक जना केटाले फोन उठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *