चर्चित गायक अनि नायक दुर्गेश थापा अभिनय मा ” पानी सलल”

नेपाली साङ्केतिक क्षेत्रमा विभिन्न परिवेशभित्र रहेर सर्जकहरुले एकपछी अर्को गित बजारमा ल्याईरहेका छन्। सर्जकहरुले दर्शकलाई नयाँपन चखाउन सकेसम्मको क्षमता प्रयोग गरिरहेका छन्। तर पनि त्यो नयाँपन सबै सर्जकबाट चाख्न पाईदैन।

तरपनि चर्चित सर्जक एकनारायण भण्डारी र लोकप्रिय गायक बद्री पंगेनी सहकार्यको कुनैपनी सिर्जनामा दर्शकने नयाँपनको अनुभुति गर्न पाएकै हुन्छन्। रत हरेक बजार बजारमा मिडियाहरुमा यहाँहरुको गितले प्रमुख स्थान पाउने गर्छ। यसैक्रममा फेरिपनी यहाँह रुकै सहकार्यता रहेको एउटा गित ” पानी सलल” बजारमा आएको छ।

रुपा घर्ती मगरको एल्बम “पानी सलल” चर्चित सर्जक एकनारायण भण्डारीले शब्द संगीत गर्नुभएको छ भने आवाजमा लोकप्रिय गायक बद्री पंगेनी र रुपा घर्ती मगर हुनुहुन्छ। सुन्दा र भीडीयो हेर्दा रमाइलो महसुस गराउने यो गितमा दुर्गेश थापा र जुना सुन्दासले अभिनय गर्नुभएको छ भने निर्देशन क्रान्ति केशीले गर्नुभएको छ।

तेस्तै उक्त गितमा छायांकन अर्जुन तिवारिको छ भने सम्पादक क्रान्ति केशिलेनै गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *