मिस्टर आरजेको अर्को धमाकेदार बाजकली भिडियो हेर्नू होस।

। छोटो समयमा नेपाली संगीतमा
बेग्लै छवी बनाएका र्यापर राजेन्द्र भट्ट मिस्टर
आरजे को नयाँ बाजकली बोलको गीत बजारमा
आएको छ । मिस्टर आरजेले देउडा फ्युजनको गीत
बजारमा ल्याएका हुन् ।
उनले उक्त भिडियो गीत मिस्टर आर जे नामक
युट्युब च्यानलबाट दर्शकमाझँ पस्केका छन् । यो
समाचार तयार पार्दासम्म गीतलाई हजार बढी
पटक हेरिएको छ । गीतलाई रेश बिसीले गाएका
छन् भने त्यसमा आरजेले र्याप हानेर म्युजिक
भिडियोलाई रमाईलो ढंगले प्रस्तुत गरेका छन् ।
गीत राम्रो बनेकाले खासगरी पश्चिमी भाषा
बुझने दर्शकले निकै मन पराउने अपेक्षा गरिएको छ

पछिल्लो समय उनी व्याक टु व्याक हिट गीतहरु
दर्शक सामु ल्याईरहेका छन् । उनलाई हिजो आज
देश विदेशका स्टेज कार्यक्रममा भ्याई नभ्याई छ
। उनले नेपालका हिट फिल्मका गीतमा समेत
आफ्नो र्याप प्रदर्शन गरिसकेका छन् । उनी
हिजो आज नेपालको टप र्यापरहरु मध्ये पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *