ऐश्वर्या राय भन्दा आराध्या हिट

ऐश्वर्या राय बच्चन अहिले कान्स फिल्म फेस्टिभलमा सौन्दर्य पस्किरहेकी छिन् । अन्य वर्षझैँ यस वर्ष पनि ऐश्वर्या उत्तिकै सुन्दर भएर रेड कार्पेटमा उभिइन् । अघिल्ला केही वर्षजस्तै यस वर्ष पनि उनको साथमा थिइन्, छोरी आराध्या बच्चन ।रेड कार्पेटदेखि होटेलसम्म लिइएका ऐश्वर्या र उनकी छोरी आराध्याका तस्बिर भाइरल भइरहेका छन् । स्टारकी छोरी भएकाले आराध्या सधैँ समाचार बन्ने गर्छिन् । कान्समा त झनै आराध्या आफ्नी आमाजत्तिकै ‘स्टार’ बन्ने गरेकी छिन् ।

भर्खरै मात्र ऐश्वर्याले सामाजिक सञ्जाल इन्स्टाग्राममा अकाउन्ट खोलेकी छिन् । ऐश्वर्याले लगातार इन्स्टाग्राममा आफ्नो र छोरीको तस्बिर अपलोड गरिरहेकी छिन् । ऐश्वर्याले एक भिडियो पनि सेयर गरेकी छिन् । जसमा आमा ऐश्वर्यासँगै आराध्या पनि रेड कार्पेटको अगाडि बढिरहेकी छिन् । उनी आमाको हात समातेर फन्को मारिरहेकी छिन् ।

उक्त भिडियो भाइरल भइरहेको छ । ऐश्वर्या चाँडै नै अनिल कपुरको साथमा ‘फन्ने खान’मा आउँदै छिन् । योभन्दा पहिले २०१६ मा उनी रणवीर कपुरको साथमा ‘ए दिल है मुस्किल’मा देखा परेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *