जेठ २ गते बुधबारको राशिफल

ज्यो. पुष्पकला कौशिक

मेष
सामाजिक प्रतिष्ठा बढ्नेछ । धन आर्जन हुनेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । घर–परिवारको सहयोग मिल्नेछ । आम्दानीका मार्ग खुल्नेछन् ।

वृष
मित्रजनको सहयोगले धन आर्जन हुनेछ । प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ ।

मिथुन

प्रेममा बाधा आउनेछ । वादविवादको सामना गर्नुपर्नेछ । आम्दानी गर्न कडा मिहिनेत गर्नुपर्नेछ । सवारी चलाउँदा होस पुर्याउनुहोला ।

कर्कट
भाग्यले साथ दिँदा अधुरा काम बन्नेछन् । रोजगारीका मार्ग खुल्नेछन् । मन प्रसन्न रहनेछ । अध्ययनमा रुचि बढ्नेछ । पारिवारिक झमेला बढ्नेछ ।

सिंह
बोलीको आलोचना हुनेछ । धन हानि हुनेछ । आर्थिक संकट पर्नेछ । व्यावसायिक साझेदारबाट धोका हुन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।

कन्या
आत्मविश्वास बढ्नेछ । आँटेका काम सजिलै पूरा गर्न सकिनेछ । मिष्ठान्न भोजन हुनेछ । हराएको धनमाल फिर्ता हुन सक्छ । विवाद हुनेछ ।

तुला
झुटो आरोप आउनेछ । पति–पत्नीमा विवाद बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । मानसिक तनाव बढ्नेछ । धनमाल हराउन सक्छ ।

वृश्चिक
प्रेममा बाधा आउनेछ । चोटपटक लाग्न सक्छ । सानो कामको लागि कडा मिहिनेत गर्नुपर्नेछ । काम बिगार्नेहरू सक्रिय हुनेछन् । अध्ययनमा असफलता हात लाग्नेछ ।

धनु
बोलीको आलोचना हुनेछ । घरझगडा हुन सक्छ । निर्णय लिन गाह्रो पर्नेछ । मनमा नैराश्य बढ्नेछ । पेटसम्बन्धी समस्या आउनेछ ।

मकर
मान–सम्मान मिल्नेछ । आफन्तको सहयोगले ठूला काम बन्नेछन् । आँटेका काम सजिलै
पूरा हुनेछन् । यात्रा निस्फल हुनेछ ।

कुम्भ
लेनदेनमा विवाद पर्नेछ । मित्रजनबाट धोका हुन सक्छ । व्यापारमा हानि हुनेछ । प्रेममा समझदारी बढ्नुका साथै अध्ययनमा मन जानेछ ।

मिन
प्रियजन भेट हुनेछन् । व्यवसायमा प्रगति हुनेछ । अध्ययनमा मन जानेछ । सामाजिक कार्यमा मन जानेछ । बौद्धिकताको प्रशंसा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *