पोखरा स्पोर्टस् अवार्डका लागि मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस् अवार्डका लागि ४ विधाको मनोनयन सार्वजानिक गरिएको छ । टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट भने प्रा. डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गरिने तय भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले जनाएको छ । अवार्ड १८ जेठमा हुँदै छ ।लाइफटाइम अचिभमेन्ट अवार्डसँगै वर्षको उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदियमान खेलाडी, प्रशिक्षक र खेलकुद पर्यटन पत्रकारिता पुरस्कार गरी ७ विधामा उत्कृष्ट समान एकलाई अवार्ड प्रदान गरिँदै आएको छ ।

उत्कृष्ट खेल संघका रूपमा योपटक कास्की जिल्ला ब्याडमिन्टन संघलाई सम्मान गरिने जनाइएको छ । मञ्चका अध्यक्ष केशव पाठकले कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका खेलाडीहरूलाई अवार्ड प्रदान गर्ने जानकारी दिए । साथै, उनले आगामी वर्षदेखि अवार्डलाई प्रदेशस्तरीय बनाइने जानकारीसमेत दिएका थिए ।

मनोनयनमा पर्न सफल खेलाडी
विभिन्न ४ विधामा मनोनयनमा पर्न सफल खेलाडीहरूको नाम मंगलबार सार्वजनिक गरियो । प्रत्येक विधामा मनोनयनमा परेका ३÷३ जनाको नाम सार्वजनिक गरिएको हो । जसमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष) का लागि कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फ विमला नेपाली (सितेरियो कराते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) रहेका छन् । वर्ष उत्कृष्ट उदियमान खेलाडीको लागि विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर कविता (कबड्डी) र मेगबहादुर सेन (क्रिकेट) रहेका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराते) मनोनयनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *