मलेसिया बाट आयो नेपाली हरु का लागि अर्को दु:खद खबर

तिलोचन गौतम मलेसिया
३ वर्ष अघि रोजगारीका लागीमलेसिया आएका पर्वतका राजन केशी (नाम परिर्वतन)को सम्पर्क डिएक्सन नेटवर्किङ्ग कम्पनीका एजेन्ट संग भयो । राजनले उनै एजेन्टका कुरा सुने । एजेन्टले उनलाई मलेसियामा नेटवर्किङ्ग गरेरै कारमा हिडन सक्ने सपना देखाए । एजेन्टले राजनलाई डिएक्सन कम्पनीका ठुला पदका मान्छेलाई पनि भेटाए । उनले भेटका नेटवर्क कम्पनीमा काम गरेका मान्छेले पनि उनलाई नेटवर्क गरेर आफ्नो भविष्य मात्र नभइ परिवारको भविश्य पनि सुन्दर हुने सपना देखाए ।

नेटवर्किङ्ग कम्पनीमा काम गर्न पहिला केहि साथीलाई सदस्य वनाउनु पर्ने र ति साथी संगै आफुले पनि नेटवर्किङ्गको सामाग्री किनेर प्रयोग गर्नु पर्ने उनलाई ति एजेन्टले सुझाए । नेटवर्किङ्ग कम्पनीको सदस्य वनाएपछि अरु सदस्य पनि थप्नु पर्ने र सामान पनि खरिद गर्नु पर्ने र त्यस वापत उनले प्वाइन्ट पाउने गरेको केशीले वताए । केशी मलेसियाको एक फलाम कम्पनीमा काम गर्दै आएका थिए । महिना भरि काम गर्दा १हजार रिङ्गेट भन्दा वडि कमाउन सकेका थिएनन् । उनले पनि तिनै डिएक्सन का एजेन्टले दिएको अर्का उपाय को सदुपयोग गरे । कम्पनीमा ८ घण्टा काम गर्ने अनि वचेको समय नेटवर्किङ्ग कम्पनीको काम गर्ने ।

उनले सो नेटवर्किङ्ग कम्पनीमा ४ वर्ष काम गरे । उनले सो नेटवर्किङ्ग कम्पनीका कस्मेटीक सामान प्रयोग मात्र गरेनन प्वाइन्ट वडाउन ति सामानहरु घर सम्म पठाए । त्यो वाहेक उनले भेटेका साथीलाई नेटवर्किङ्ग कम्पनीको सदस्य वनाए । जो साथी भेटदा पनि उनले वोल्ने भाषा नै परिर्वतन गरे ।

सुरुमा नेटवर्किङ्ग कम्पनी मा आवद्ध हुन नचाहने साथीलाई पनि धेरै पटक आग्रह गरे । धेरै पटक ति साथीहरुको होस्टलमा पुगे पनि । यसरी दुःख गर्दा उनले कमाउने भन्दा वडि गुमाउन पुगे । न उनका अगुवाले भने जस्तो कार चडेर सयर गरे न भने जति कमाई ।

वरु कम्पनीवाट आउने मासिक तलव पनि कम हुदै गयो यता कम्पनी वाट आउने कमाई पनि नेटवर्कको सामाग्री किन्दैमा सकिएपछि घर पनि पठाउन सकेनन् । घर वाट पनि करकर हुन थाल्यो । तै पनि उनी समेत नेटवर्क कम्पनी वाट राम्रो कमाइ हुने र जिन्दगी परिर्वतन हुने आश अरु नयाँ सदस्यलाई दिने गर्थे ।

उनलाई ४ वर्ष सम्म नेटवर्कको काम गर्दाको समय वेक्कारमा गए जस्तो लागेको छ । ‘वेक्कारको फन्दा मा फसे’ उनले भने ‘न नाम भयो न कमाई’ ।
केशी त एक उदाहरण मात्र हुन । केशी जस्ता धेरै जना नेपाली मलेसियामा नेटवर्किङ्ग कम्पनीमा लागेर आफ्नो पैसा र समय ववार्द गरिरहेका छन् । डिएक्सन,हर्वाे र अन्य नामका नेटवर्किङ्ग कम्पनीमा लागेर नेपाली श्रमीकलाई छिटै धनी वन्ने सपना वाडिरहेका नेटवर्क कम्पनीले नेपाली श्रमीकलाई झुक्याइरहेका छन् । नेपाली श्रमीक पनि छिटै कमाइ गर्ने लालचमा यस्ता कम्पनीमा आफ्ना पैसा र समय ववार्द गरिरहेका छन् ।

नेपाल सरकारले पुर्ण प्रतिवन्ध लगाएका नेटवर्क कम्पनीले मलेसियामा भने खुल्लम खुल्ला नेपाली श्रमीकलाई ठगी गरीररहेका छन् । यो सम्वन्धमा नेपाली श्रमीकका अगुवा पनि वोल्न सकिरहेका छैनन् ।

श्रमीकका पक्षमा काम गरिरहेको वताउने नेपाली जनप्रगतिशील मञ्च मलेसियाका वरिष्ठ उपाध्यक्ष दिप लिम्वु पनि नेपाली श्रमीकलाई यस्ता नेटवर्क कम्पनीले ठगी गरीरहेको स्विकार गर्छन । उनले भने यसरी श्रमीक ठगिए पनि वोल्ने निकाय पनि मौन रहेको छ ।

नेपाली श्रमीकलाई सजिलै संग फकिने भएकाले पनि यस्ता कम्पनीले पहिला नेपाली श्रमीकलाई फकाउने गरेका छन् । मलेसियामा नै कम्पनी रहेको डिएक्सन ले रातो च्याउ वाट वनेका सामाग्री लाई औषधी भन्दै झुक्याउदै आएको छ । वास्तवमा त्यो ‘फिड सप्लिमेन्ट’ भए पनि औषधि भन्दै ग्राहकलाई त्यसका एजेन्टले विक्रि गर्दै आएका छन् ।नेपाली श्रमीकलाई मनोरञ्जन गराउने,टाइ र कोटमा अगुवालाई मञ्चमा ल्याउने गरेर अन्य श्रमीक आर्कशित गर्ने गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *