आइएमई र मुथुत फाइनान्सबीच रेमिट्यान्स सम्झौता

आइएमई लिमिटेड र भारतको मुथुत फाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतामा मुथुतका तर्फबाट प्रमुख महाप्रवन्धक आरके बिजिमोन र आइएमइका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरे।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की लगायतको सहभागिता थियो।

सम्झौताअनुसार मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट पठाएको रकम नेपालमा रहेका आइएमईका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्टबाट लिन सकिनेछ।

नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन्। आईएमई ग्रुपका अध्यक्ष ढकालले ‘आइएमई र मुथुतफाइनान्सको सहकार्यपछि भारतमा कार्यरत नेपालीलाई रेमिट्यान्स पठाउन सहज भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *