ग्लोबल आइएमई बैंकबाटै ग्राहकले मेटलाइफ इन्स्योरेन्सको सेवा पाउने

ग्लोबल आइएमई बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्देश्यले मेटलाईफ इन्सोरेन्ससँग बैंकासुरेन्स सम्झौता भएको छ।

बैंकासुरेन्स सम्झौतामा बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मेटलाईफका तर्फबाट उपाध्यक्ष निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरे। ग्लोबल आइएमई बैंकका ग्राहकले सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा मेट लाइफको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्रसम्म बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यले १०८ शाखाहरु, १४ राजश्व संकलन काउन्टर, १२५ एटिएम, ५३ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ।

बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा पनि दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *