डाबर नेपालले ल्यायो चिनीबिनाको ‘च्यवनप्रकाश’

डाबर नेपालले बजारमा चिनीबिनाको ‘च्यवनप्रकाश’ ल्याएको छ। क्यालोरीमा सचेत रहने ग्राहकका लागि लक्षित गरी नयाँ उत्पादन ल्याइएको कम्पनीले जनाएको छ।

मोटो शरीर तथा कोलस्ट्रोलको समस्या भएका ग्राहकका लागि यो उपयुक्त हुने डाबर नेपालको भनाइ छ।  ‘च्यवनप्राशकै गुण राखेर यो ल्याइएकाले डाइबिटिज लागेका बिरामीलाई समेत उपयुक्त छ’ डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोरखालीले भने।

४० भन्दा बढी प्राकृतिक तत्वहरूको समिश्रणले बनेकाले रूघा–खोकी जस्ता बिमारीहरूबाट बचाई शक्ति र स्टेमिना यसले बढाउने उनको भनाइ छ।

डाबर च्यवनप्रकाशको मूल्य ५०० ग्रामको २ सय ७५ तथा ९०० ग्रामको ४ सय ८५ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *