नाम परिवर्तन गर्दै यती च्याम्बरको साधारण सभा सम्पन्न

मनोज सिग्देलको नेतृत्वमा नयां कार्यसमितीको गठन

नेपाली अमेरिकन च्याम्बर अफ कमर्स डालस टेक्सासले स्थानीय युवा व्यवसायी मनोज सिग्देलको अध्यक्षतामा नयां कार्यसमितीको चयन गरेको छ ।

यस अघि यती च्याम्बर अफ कमर्सका नामबाट परिचित डालसस्थित सो च्याम्बरले आफ्नै तेस्रो साधारण सभाबाट नयां कार्यसमितीको निर्विरोध निर्वाचन गरेको हो । प्रमुख निर्वाचन आयुक्त बिनय अर्यालले दिएको जानकारी अनुसार आगामी दुई बर्षका लागी अध्यक्ष पदमा मनोज सिग्देल, उपाध्यक्षमा सुरज पौडेल, महासचिवमा बाल जोशी र कोषाध्यक्षमा स्मृती कार्की निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा बिनोद  तिवारी, बिनिता लामिछाने, जेन श्रेष्ठ, कपिल अधिकारी, केदार तिम्सीना, प्रदिप गिरी, प्रेम शाही, रबी प्रधान, सरोज सिग्देल र सुमीरन सापकोटा निर्वाचित भएका छन् ।

आइतवार सम्पन्न तेस्रो साधारण सभाले संस्थाको नाम यती च्याम्बरबाट परिबर्तन गरी नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स राखेका छन् । बिगत १५ बर्षदेखी डालसको नेपाली समुदायद्धारा नेपाली च्याम्बर अफ कमर्सको स्थापना प्रयासलाई मुर्त रुप दिन भुमिका निभाएका १५ जना व्यक्तिहरुलाई आजिबन संरक्षकको रुपमा सम्मान गर्ने समेत निर्णय साधारण सभाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *