चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् ।

सरकारले पौडेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । पौडेल गोपीकृष्ण हलका संचालक उद्धब पौडेलकी छोरी हुन् । उद्धब पौडेल राप्रपाका नेता हुन् ।
निकिता पौडेलले आमसंचारमा स्तानाकोत्तर गरेकी छिन् ।

सेतोपाटीसँग कुरा गर्दै पाैडेलले चलचित्र विकासका लागि अाफूले सक्दाे पहल गर्ने बताइन् ।

यसअघि वोर्डका अध्यक्ष राजकुमार राई थिए। राईको पदावधि सकिएपछि सरकारले खुल्ला प्रतिष्प्रर्धाबाट आवेदन माग गरेको थियो। आवेदन अनुसार पौडेललाई नियुक्त गरेको सरकारले जनाएको छ। बक्स अफिस कार्यान्वयन गर्नु नै उनको मुख्य चुनौती रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *