पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ।

शुक्रबाररातीबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो । पेट्रोलमा २ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ नियमले बढाएको हो ।

हवाई इन्धनमा ५ रुपैयाँ बढाएको आयल निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।  मुल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७ रुपैयाँ पुगेको छ।

आयल निगमले यस अघि नै इन्धनको मुल्य बढाएपनि चुनाव आएको भन्दै आपुर्ति मन्त्री जयन्त चन्दले मन्त्रीले निर्णय फिर्ता लिन आयल निगमलाई निर्देशन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *