मेसी र नेइमारलाई पछि पार्दै रोनाल्डोले जिते पाँचौ पटक बेलोन डिओर

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बेलोन डिओर उपाधि जितेका छन्।

बिहीबार राति प्रतिष्पर्धी ब्राजिलका नेइमार र अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पार्दै रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले उपाधि हात पारेका हुन्।

पेरिसमा भएको समारोहमा उपाधि रोनाल्डो आमा र छोरासहित स्टेजमा पुगेका थिए।

यसअघि रोनाल्डोले सन् २००८, २०१३, २०१४ र २०१६ पनि यो उपाधि जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *