घुम्टो फालेर युनिफर्ममा उत्रिएकी सुमित्रा

महोत्तरीको जलेश्वरस्थित दुर्गाचोकमा म्यादी प्रहरीको युनिफर्ममा ड्युटी गरिरहेको अवस्थामा भेटिइन् सुमित्रा पासवान । आजको नयाँ पत्रिकामा रञ्जन भण्डारीले खिचेको तस्विर सहित यो खबर छापिएको छ ।

घुम्टो र साडीमा कुद्दै धेरै पुरुषलाई पछि पारेर म्यादी प्रहरीमा छनोट भएकी सुमित्राको तस्बिर पाँच साताअघि नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।

प्रजातन्त्रको उत्सव निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी सुमित्राले परिवारका लागि ५५ दिनमा करिब ५० हजार कमाउँदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *