जनताले किताव पढ्ने हैन, विकास गर्ने नेता खोज्छन् : बोहोरा

रुपन्देही–  कांग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार बनेका दीपक बोहोराले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार घनश्याम भुसाललाई लक्षित गरी जनताले किताब पढ्ने नेतालाई नभै विकास गर्ने नेतालाई मतदान गर्ने बताएका छन्  ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै बोहोराले २०५३ सालमा आफूले नै समर्थन गरेर भुसाललाई सासंद बनाएको दावी समेत गर्दै  २३ महिना सासंद बन्दा भुसालले केही काम नगरेको आरोप लगाए । आफूले भने विकास निर्माणका धेरै काम गरेको बोहोराले भने । ‘किताब लेख्ने कुरा होइन । जनताले बाटो बनाउने, पानी पु¥याउने, अस्पताल बनाउने, स्कुल बनाउने नेता खोज्छ । जनताले किताब अध्ययन गर्नका लागि कसैलाई चुनाव जिताउँदैनन्’ बोहोराले भने ।

‘विकास गर्ने नेतालाई जनताको माया चाहिन्छ । जनताले विकासको निरन्तरताखोज्छन् । यदी कसैले विकासको निरन्तरतादिन सक्छ भने दिपकबोहोराले दिन सक्छ ।’ उनले भने ।

नेपालीजनता संविधानकार्यान्वयनको पक्षमा रहेकाले लोकतान्त्रिक गठबन्धनलाई मतदानगर्ने विश्वास बोहोराले लिएका छन् । चुनावपछि नेपालीकांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबीउनले गरे ।

यसैबीच  रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन् । रुपन्देही क्षेत्र नम्बर ४ बाट कांग्रेका यादव, राजपाका शुक्ला र एमालेका ओमप्रकाश यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

बिहीबार पत्रकारहरुसँग कुरा गर्दै यादवले सर्वेन्द्रनाथ शुक्लका कारण विकास हुन नसकेको भन्दै यादवले उनको प्रवृत्ति तानाशाही भएको पनि बताए । शुक्लाले विगतमा कुनै पनि काम नगरेकाले अहिले जनता आफ्नो पक्षमा रहेको यादवको जिकिर छ ।

चुनावका बेलाशुक्लाका २,४ जनाकार्यकर्ता पुल र सडक नाप्दै हिँड्ने तर काम केही नगर्ने यादवले बताए । भने ‘लेखेरै दिन्छु, १ सय २ प्रतिशत शुक्लाले चुनाव हार्नुहुन्छ । यसपटक शुक्लाले हार्नुभएन भने नेपाल छोड्दिन्छु ।  व्यापार विजनेश सबै अनाथआश्रमलाई दिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *