बम विष्फोटमा घाईते प्रहरीको मृत्यु

तुलसीपुर – तुलसीपुरको व्यस्त सडकमा शक्तिशाली बम विष्फोटमा परी घाईते म्यादी प्रहरीको ज्यान गएको छ । अन्य ८ जना घाइते भएका छन् ।

कांग्रेसको चुनावीसभालाई लक्षीत गरि गराएको बम विष्पोट परी म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरीको ज्यान गएको छ ।

उपचारको क्रममा आज विहान साढे दुई बजे कोहलपुरमा उनको मृत्यु भएको प्रहरी प्रमुख दुर्गा सिंहलेरातोपाटीलाई जानकारी दिए ।

सोही ठाउँ निवासी १९ बर्षका अर्का म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएका छन ।

घाईते तीन जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको छ ।

यस्तै मानपुर निवासि बर्ष ४० का बोमराज सुनार, शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हीमलाल रामजाली, वुड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी र सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमि बुढाथोकीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विस्फोट भएको थियो ।

मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोकदेखि एक सय मिटर पश्चिम सडकमा मंगलवार अपरान्ह चार बजे बम फयाँके लगत्तै ठूलो आवाजमा विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *