रुन पाइने व्यवस्था

राजधानीको धुवाले होस्
या कर्णाली को गरिबीले
एक छाक मिठो खान को लागि दंसै पर्खिदै गर्दा
एक केजी बोइलर खान को लागि
आइ एम इ पुगिएको बेला
सपना मा वा बिपना मा
हरेक पल निसासियेकै छु
भन तिम्रो रुन पाउने व्यवस्थामा
म कसरि हासी हासी बसु

तिमि लाइ हरेक पल रुने रहरछ
जस्तै म हरेक पल हास्न पाइने सपनामा
आधा औसत आयु बिताई सकेको छु
म महसुस गर्न सक्छु
तिम्रो रुन पाइने व्यवस्थामा पनि
तिम्रो सट्टामा पनि मैले र
मेरा आफन्तहरु ले
रोई दिनु पर्दै छ
यसको बदला तिम्रो यो व्यवस्थामा
तिमि रोई देउ भन्ने लालचामा म बाची रहेको छैन
केवल तिम्रो चार दिवाल भित्र को हासो
मेरो घर को झयाल अगाडी सुन्न पाउ
जब मा हिंड्ने सडकमा रहेका धुलोका कणहरु
मेरो आखा र मुख हुदै
स गौरब मेरो शरीरभित्र प्रवेश गरेर
मेरो शारीरिक प्रणाली भित्र धावा बोल्छन
हो तेही बेला मलाई

तिम्रो रुन पाउने व्यवस्थामाथि
मलाई पनि धावा बोल्न
रहर पलाउछ
र अर्को रुन नपाउने व्यवस्था को खोजिमा हुनेछु

अनि मलाइ यो पनि थाहा छ
तिम्रो व्यवस्थामा हरेक पल रुवाइएको म
हरेक दिन खाडीको गर्मि ले
पिल्सिएको मेरो काँध अनि मनहरु
तिम्रो अनि उसको
राता र हरिया झण्डाका बाँसहरु समाई रहंदा
रातो र हरियो रंगहरु बीच
म केहि भेद देख्दिन
न कि मैले
यति तलब बराबरको जागिर छाडेर
तिम्रो खुसि र देश बनाउन आएको छु
भन्ने लायाकत राखेको छु
मैले त केवल त्यो
रुन नपर्ने व्यवस्थाको कल्पना गरेको छु
तिम्रा मदिरा मिस्त्रित हाँसोहरु
बायुमण्डलहरुमा फैलदै गर्दा
आफ्नै देशमा रहेको
एक मिनरल वाटर को कारखानामा

पानि भरि राख्न पाउ

मोदनाथ तिम्सिना
दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *