निर्माण व्यवसायी गौचनको गोली प्रहार गरी हत्या – Your1click

निर्माण व्यवसायी गौचनको गोली प्रहार गरी हत्या

 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली प्रहार गरी हत्या भएको छ । आज दिउंसो तीन बजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा महासंघका अध्यक्ष गौचनमाथि गोली प्रहार गरी हत्या गरिएको हो । गौचनमाथि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । छातीमा एक र पेटमा दुई गोली लागेका गौचनलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । सिभिल अस्पतालका निमित्त निर्देशक विमल थापाले अस्पताल ल्याउँदैमा उनको मृत्यु भइकसकेको जनाएका थिए । उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको एसएसपी दिवेश लोहनीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your1Click Loading...