धुलिखेल क्रसमाण्डु राष्ट्रिय च्याम्पियनसिपको रमिता

पछिल्लो समय युवा पुस्तामा लोकप्रिय डट बाइक रेसिङले शनिबार धुलिखेलको माहौल तताएको थियो।

साउनको चर्को घामपछि परेको सिमसिम पानीमा रूझ्दै २९ जना युवा हिमालयन मोटरल्याण्डमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)ले आयोजना गरेको क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१८ मा सहभागि भए।

बिहान करिब ११ बजे सुरू प्रतियोगिता साँझ ६ बजेसम्म चलेको थियो। दर्शकको बाक्लो उपस्थिति रहेको प्रतियोगिता अत्यान्त रोमाञ्चक भएको थियो।
साउने झरीमा डट बाइकको टायरले फालेको हिलो र त्यही हिलोमा लड्दै रेसमा सहभागी हेर्दा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जस्तै अनुभव दर्शकले लिइरहेका थिए।

उपस्थित दर्शकले आफ्ना प्रतियोगितालाई बाजा बजाएर समर्थन गरेका थिए।

नोभिस र नेशनल गरि दुई वटा विधामा सञ्चालित प्रतियोगिताको नोभिस क्याटागोरीको उपाधि सुशील थापाले हात पार्दा दीपेश क्षेत्री दोस्रो र राजकुमार कार्की तेस्रो भए।

यो विधा अन्तर्गत पहिलो पटक सहभागी तथा पहिला सहभागी भएर पनि उपाधि नजितेका रेसरहरूको सहभागीता थियो।

यस्तै नेशनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले हात पारे। अत्यान्त प्रतिश्पर्धात्मक रेसको दोस्रो स्थानमा सुजित ताम्राकार रहँदा सुवास कट्वालले तेस्रो स्थानमा चित्त बुझाए।
२९ जना युवाको सहभागिता रहेको प्रतियोगितामा २५० सीसीसम्मका डर्ट बाइकहरू समाबेस थियो।

उपाधि विजेताले नगद २५ हजार सिल्ड र प्रमाणपत्र पाए भने दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार, सिल्ड तथा प्रमाणपत्र पाएका थिए।

विजयी खेलाडीहरूलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए।

क्यारेबियन लिगमा फेरि सन्दिपले लिए पहिलो ओभरमै मेडन विकेट

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा पहिलो ओभरमै विकेट लिएका छन्।

सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रङ्बागो नाइट राइडर्सको दोस्रो विकेट लिने क्रममा सन्दिपले ३.४ ओमरमा अष्ट्रेलियाका क्रिश लेनलाई बोल्ड गरेका हुन्। चौथो ओभरको बलिङ लिएर आएका सन्दिपले १ विकेट लिनुका साथै कुनै पनि रन दिएनन्।

यस्तै आठौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दिपले ३ रन खर्चिएका छन्। यो सँगै उनले २ ओभर बलिङ गर्दै १ विकेट लिएर ३ रन खर्चिएका हुन्।

आइतबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो।

उसका लागि डेभोन थोमसले सर्वाधिक ५८ रन बनाए। यस्तै १५ बलमा बिस्फोटक पारी खेल्दै ४१ रन बनाएका कार्लोस ब्राथवेटले टिमको इनिङ्स उकासेका थिए।